insta insta

आधारभूत सेयरधनीलाई सिटी होटेलले हकप्रद रकम समयमै बुझाउन भन्यो, कहिलेसम्म बुझाउनुपर्ने ?

आधारभूत सेयरधनीलाई सिटी होटेलले हकप्रद रकम समयमै बुझाउन भन्यो, कहिलेसम्म बुझाउनुपर्ने ?
Advertisement Ads

सिटी होटेल लिमिटेडले सञ्चालकलगायत आधारभूत सेयरधनीलाई हकप्रद सेयर बापतको रकम भदौ ३ गतेभित्र जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीलाई हकप्रद रकम संकलनका लागि सूचित गरेको हो।

नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेललाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ।

कम्पनीले हकप्रद सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। सूचना अनुसार, सर्वसाधारणलाई हकप्रद सेयर जारी गर्नु अघि सञ्चालकलगायत आधारभूत सेयरधनीबाट सम्बन्धित रकम संकलन गर्नु अनिवार्य छ।

सिटी होटेलले भदौ ३ गतेभित्र उक्त रकम जम्मा गर्न बैंक खाता विवरणका लागि कम्पनीसँग सम्पर्क गर्न अनुरोध गरेको छ। यदि कुनै आधारभूत सेयरधनीबाट आवेदनसहित रकम प्राप्त नभएमा नियमानुसार हुने कम्पनीले स्पष्ट पारेको छ।

Screenshot 25 7 2025 121627 cityhotel.com .np https://bajarkochirfar.com/city-hotel-has-asked-basic-shareholders-to-pay-the-right-dividend-on-time-by-when-should-the-payment-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स