सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको चौथो बन्दमुखी म्युचुअल फण्ड योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी पुस ४ गतेदेखि १८ गतेसम्म खुला गरिएको १ अर्ब रुपैयाँ आकारको योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट प्रारम्भिक विवरणअनुसार १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी आवेदन परेको छ। यो तोकिएको रकमभन्दा करिब २५ प्रतिशत बढी हो।
सिटिजन्स क्यापिटलका अनुसार, यो योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ। योजनाप्रति देखिएको लगानीकर्ताको आकर्षणले कम्पनीलाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक र विश्वसनीय संस्था भएको प्रमाणित गरेको छ।
सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ हुन्। कम्पनीले योजना व्यवस्थापक, डिपोजिटरी, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार र संस्थागत परामर्श सेवा सहित पूँजी बजारसम्बन्धी विविध सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आगामी दिनमा पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापन सुधार गर्दै प्रविधि तथा लगानीमैत्री सेवामार्फत विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकारका सामूहिक लगानी कोष सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेका योजनाबाट उच्च प्रतिफल दिने लक्ष्य राखिएको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया