कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ।
यस योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा ल्याइएको थियो। जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो।
सर्वसाधारणका लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म इकाई बिक्री खुला गरिएको थियो। सो अवधिमा मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी कुल १२ करोड ५० लाख इकाई कायम गरिएको हो। सोही अनुसार माघ ४ गते इकाई बाँडफाँड गरिएको जनाइएको छ।
यस योजनाको योजना व्यवस्थापक तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हालेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया