सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारणसभा बोलायो, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १८ गते
सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारणसभा बोलायो, बुक क्लोज कहिले ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा चैत १५ गते बिहान ११ बजे काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना गर्ने निर्णय गरेको छ। यो निर्णय कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

सभाले २६.९८४१% बोनस सेयर र १.४२०२% नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस सेयर बाँडिसकेपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ, जसअनुसार प्रबन्धपत्र संशोधन, खर्च अनुमोदन, तथा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पनि छलफल गरिनेछ।

त्यस्तै, सभा मार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज हुनेछ। सोही आधारमा फागुन २७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स