उद्योग जोगाउन चीनले चुपचाप हटायो केही अमेरिकी वस्तुमा १२५ प्रतिशत अतिरिक्त कर

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
उद्योग जोगाउन चीनले चुपचाप हटायो केही अमेरिकी वस्तुमा १२५ प्रतिशत अतिरिक्त कर

चीनले अमेरिकी सेमिकन्डक्टरजस्ता केही सामानमा लगाइएको १२५ प्रतिशत अतिरिक्त कर चुपचाप हटाएको छ।

शेन्जेन्‌का तीन आयात कम्पनीहरूले CNN लाई दिएको जानकारी अनुसार, केही प्रकारका माइक्रोचिप (इन्टिग्रेटेड सर्किट) मा अब अतिरिक्त कर लाग्ने छैन। यो निर्णय सरकारले औपचारिक रूपमा घोषणा गरेको छैन।

चीनले अप्रिल १२ मा अमेरिकाले १४५% कर लगाएपछि जवाफी रूपमा १२५% कर लगाएको थियो। तर अब आफ्नै प्रविधि उद्योगलाई राहत दिन भन्दै केही महत्त्वपूर्ण चिपहरूमा कर हटाइएको देखिन्छ।

चीनले सेमिकन्डक्टर बनाउन थालेको भए पनि अमेरिका, ताइवान, दक्षिण कोरिया, जापान र नेदरल्यान्डबाट आयातमा अझै भर पर्नुपर्ने स्थिति छ।

गत वर्ष चीनले अमेरिका बाट झन्डै ११ अर्ब ७० करोड डलर बराबरका चिप आयात गरेको थियो।

सीएनएन बाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स