नथिङ फोन थ्रि ए सेरिज नेपाली बजारमा भित्रिएको छ। चौधरी समूह अन्तर्गतको सिजी टेलिकम ले विश्व बजारमा चर्चित यो स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो। मार्च ५ देखि सुरु गरिएको प्रिबुकिङ दोस्रो दिनमै बन्द गर्नुपरेको कम्पनीले जनाएको छ। लिमिटेड स्टक मा उपलब्ध गरिएको आकर्षक अफरप्रति उपभोक्ताको अत्यधिक आकर्षण देखिएको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी बताउँछन्।
नथिङ स्मार्टफोन टेक इन्थ्युजियास्टहरूका लागि अत्यधिक लोकप्रिय ब्रान्ड बनिसकेको छ। कम्पनीका संस्थापक कार्ल पेई ले परम्परागत बोरिङ डिजाइनलाई तोड्दै सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान सार्वजनिक गरेका थिए। त्यसयता नथिङ ब्रान्डले इनोभेटिभ स्मार्टफोन डिजाइन का कारण विश्व बजारमा उच्च स्थान बनाएको छ। नयाँ नथिङ फोन थ्रि ए मा प्रिमियम डिजाइन झल्किने केही महत्वपूर्ण सुधारहरू गरिएका छन्। पछिल्लो भागमा ग्लास ब्याक प्यानल समावेश गरिएको छ, जसले फोनलाई अझै क्लासी लुक प्रदान गर्छ। साथै, ट्रान्सप्यारेन्ट डिजाइनलाई थप आकर्षक बनाउने नयाँ क्यामेरा सेटअप राखिएको छ।
नथिङ फोन थ्रि ए ले उच्च प्रदर्शन र उत्कृष्ट फिचरहरूको संयोजन प्रदान गर्छ। यसमा ५,०००mAh ब्याट्री र ५०W वायरलेस चार्जिङ जस्ता पावरफुल सुविधाहरू छन्। १२० हर्ज रिफ्रेस रेट भएको AMOLED डिस्प्ले ले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ भने, ३२MP फ्रन्ट क्यामेरा, ५०MP मेन क्यामेरा, ५०MP टेलिफोटो क्यामेरा, र ८MP अल्ट्रावाइड क्यामेरा ले क्रिस्प र क्लियर फोटो खिच्न सक्षम बनाउँछ। साथै, ४K भिडियो रेकर्डिङ तथा अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS) को कारण खिचिएको भिडियो प्रोफेसनल ग्रेडको हुन्छ।
कम्पनीका अनुसार नथिङ फोन थ्रि ए को डिस्प्ले फ्ल्यागसिप स्मार्टफोनहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छ। ब्ल्याक, ह्वाइट र ब्लु कलर अप्सनमा आएको फोनको सुरुवाती मूल्य ४८ रुपैयाँ ९९९ रुपैयाँ तोकिएको छ ।












![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)







प्रतिकृया