सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २४ गते
सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने

सेन्चुरी इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते बिहान साढे ८ बजे काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ। सभामा पुँजी संरचना परिवर्तन र पुँजी वृद्धि गर्नका लागि प्रबन्धपत्र संशोधन गर्ने, हकप्रद वा जगेडा सेयर जारी गर्ने, साथै सर्वसाधारणलाई साधारण सेयर जारी गरी प्राप्त पुँजीको उपयोगबारे छलफल गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यसैगरी, सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सुन्ने र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय गर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स