केयर रेटिङ्गस नेपालले ६० प्रतिशत लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३० गते
केयर रेटिङ्गस नेपालले ६० प्रतिशत लाभांश दिने

केयर रेटिङ्स नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले करसहित ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते दिउँसो १२:३० बजे पुतलीसडक, काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको छ।

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गरिनेछ।

यस्तै, सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक पनि नियुक्त गरिने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स