पूँजीगत खर्च सम्बन्धित मन्त्रालयको जिम्मा हो, अर्थ मन्त्रालयको मात्र होइन : अर्थमन्त्री पौडेल



Advertisement
Ads

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन्।अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले न्यून बजेट खर्चप्रति सम्बन्धित मन्त्रालय नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।

‘अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ। अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो। तर विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो’, उनले भने।


Advertisement

अर्थमन्त्री पौडेलले बेरुजु फछ्र्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गानाले आर्थिक तथा मौद्रिक परिसूचकहरुले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिए।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर