निर्वाचनमा केन्द्रित हुनुपर्दा पुँजीगत खर्च बढाउन सकिएन: अर्थमन्त्री खनाल

निर्वाचनमा केन्द्रित हुनुपर्दा पुँजीगत खर्च बढाउन सकिएन: अर्थमन्त्री खनाल
AdvertisementAds

अर्थमन्त्री रामेश्वर खनालले सरकारले चाहेर पनि यसबीचमा पूँजीगत खर्च बढाउन पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरेका छन्।

चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार उनले भने, “यसबीचमा सरकारको प्राथमिकता निर्वाचन भएकाले आफू र अन्य विकास मन्त्रालयका मन्त्रीहरूको ध्यान त्यसतर्फ केन्द्रित भएको थियो। त्यसैले पूँजीगत खर्च वृद्धिमा ध्यान दिन सकिएन।”

अर्थमन्त्री खनालले निर्वाचन वातावरण बनाउन अधिकतम संवाद र व्यवस्थापनमा केन्द्रित हुनुपरेको बताउँदै, विकास र निर्माणका काममा अपेक्षाजस्तो ध्यान दिन नसकिएको स्वीकार गरे।

चालु आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेट खर्च अपेक्षाभन्दा कम रहेको छ। उनका अनुसार संघीय सञ्चित कोष समेत हाल १ खर्ब ३० अर्ब रुपैयाँ बराबर घाटामा छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स