नेपाल क्रिकेट संघ (क्यान)ले आचारसंहिता उल्लङ्घनको आरोपमा खेलाडी सन्दीप लामिछानेलाई कारबाही गर्दै एक खेलमा प्रतिबन्ध लगाएको छ।
जय ट्रफी एलिट कपमा बागमती प्रदेशका कप्तान सन्दीपले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आलोचना गरेका थिए। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको छ, जसका कारण उनी क्यानद्वारा आयोजित प्रतियोगिताको एक खेल खेल्नबाट वञ्चित भएका छन्।
सन्दीपले आफ्नो सामाजिक सञ्जालमार्फत समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, यो घटनापछि कतिपयले उनले सन्यास लिने अड्कल समेत गरेका छन्।
पछिल्लो समयमा सन्दीप व्यक्तिगत कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन गरेको र केही दिनका लागि मात्र ह्वाट्सएप खुला रहने जानकारी दिएका छन्।














प्रतिकृया