instainsta

रिलायन्स र चौधरी समूहको सहकार्यमा क्याम्पा कोला नेपाली बजारमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
रिलायन्स र चौधरी समूहको सहकार्यमा क्याम्पा कोला नेपाली बजारमा
AdvertisementAds

रिलायन्स इन्डष्ट्रिजले नेपालको चौधरी ग्रुपसँग सहकार्यमा लोकप्रिय भारतीय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ। क्याम्पा कोला रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडले उत्पादन गरेको ५० वर्ष पुरानो हेरिटेज ब्रान्ड हो, जुन भारतसहित गल्फ क्षेत्रका मुलुकहरूमा पनि लोकप्रिय छ।

चौधरी ग्रुपले नेपालमा यसको स्थानीय उत्पादन र वितरण गर्नेछ। प्रारम्भमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज र केही इनर्जी ड्रिंकहरू उपलब्ध हुनेछन्, जसको मूल्य ३० देखि ४० रुपैयाँसम्म निर्धारण गरिएको छ। यो साझेदारीले नेपाली बजारमा गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको पहुँच बढाउने विश्वास गरिएको छ।

रिलायन्स कन्ज्युमर प्रोडक्ट्सले उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय उत्पादनहरू उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ भने चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो बहुराष्ट्रिय समूह हो, जसले विभिन्न क्षेत्रमा ठूला लगानी र सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स