फेसबुकलाई घमण्डी भन्दै सञ्चार मन्त्रीले भने: ७ दिनमा दर्ता नगरे प्रतिबन्ध लगाइने



Advertisement
Ads

नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई ७ दिन भित्र नेपालमा दर्ता नगरे भने त्यसमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले यो चेतावनी शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा दिएका थिए।

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन बारम्बार सूचना जारी गरेपनि मेटाले कुनै प्रतिक्रिया नदिएको र अहिले तेस्रो पटकको सूचना समाप्त भएको बताए। उनले भने, “अब ७ दिन भन्दा बढी समय दिने छैन। यदि यसबीचमा मेटाले दर्ता नगरे भने नेपालमा प्रतिबन्ध लगाइनेछ।”


Advertisement

मन्त्री गुरुङले मेटाको घमण्डको आलोचना गर्दै भने, “मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने र यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन र त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन र पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अत्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्न मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।”

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर