बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड २५ लाख रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ४९ लाख रुपैयाँ घाटामा थियो।
नोक्सानी बढ्नुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा आएको गिरावट हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कुल नाफा पनि घट्दै १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।
चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ५ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।



















प्रतिकृया