अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तनावपूर्ण वार्तामा २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग अर्थपूर्ण भेट गरेका छन्। डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो।
जेलेन्स्कीले कृतज्ञता व्यक्त गर्दै यो रकम हतियार खरिदमा प्रयोग गर्ने बताएका छन्। उनले बेलायतमा राजा चार्ल्ससँग भेट गर्ने कार्यक्रम पनि तय गरेका छन्।
बेलायती प्रधानमन्त्री स्टार्मरले युक्रेनको स्वतन्त्रता र शान्ति स्थापनाका लागि पूर्ण समर्थन प्रकट गर्दै, २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरे। यो रकम बेलायतले रुसी सम्पत्तिबाट भुक्तानी गर्नेछ, जुन रुसी आक्रमणपछि रोक्का गरिएको थियो।
जेलेन्स्कीको अमेरिका भ्रमण पछि, ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पसँगको भेट तनावपूर्ण बनेको थियो।
यसबीच, बेलायती प्रधानमन्त्री स्टार्मर अमेरिका र युरोपबीच सेतु बन्ने प्रयासमा छन्, र आइतबार लण्डनमा युरोपेली नेताहरूको बैठक आह्वान गरेका छन्। बैठकमा रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास र युरोपेली देशहरूको रक्षा सुदृढीकरणबारे छलफल हुने छ।
(एजेन्सीहरुको सहयोगमा)










![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया