शिवश्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साउन १६ गते एक दिनका लागि बुक क्लोज गरिनेछ।
यसअन्तर्गत, साउन १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
यसअघि, साउन ४ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशतका दरले, अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको थियो। सोअनुसार, कम्पनीले हालको चुक्तापुँजीअनुसार १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ। यस हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया