कर्णाली प्रकरणमा बोर्डको जवाफ: लगानीकर्ताको हितलाई मध्यनजर गर्दै कारोबार रोकेका हौ

कर्णाली प्रकरणमा बोर्डको जवाफ: लगानीकर्ताको हितलाई मध्यनजर गर्दै कारोबार रोकेका हौ
Advertisement Ads

नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगनबारे लगानीकर्ताले उठाएका प्रश्नहरूको जवाफ दिएको छ।

बोर्डले उपलब्ध गरेको सूचनामा, नेपाल राष्ट्र बैंकले मिति २०८१।०९।१० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरेको थियो। राष्ट्र बैंकको यही निर्णयका आधारमा लगानीकर्ताको हितलाई मध्यनजर गर्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८ को उपदफा १ को खण्ड (क) अनुसार, बैंकको कारोबार अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जानकारी दिएको छ।

साथै, बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई यस प्रकरणमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

बोर्डमा पुस १६ मा श्री दिपेन भण्डारी, श्री सन्तोष भण्डारी, श्री यादव थापा, र श्री लक्ष्मण महतारालाई सम्बोधन गर्दै बोर्डको निर्णयबारे प्रश्नको उठाएर स्पष्टीकरण मागेको थिएँ।

viber image 2025 01 05 16 10 44 922 https://bajarkochirfar.com/boards-reply-on-the-karnali-case-keeping-in-mind-the-interests-of-the-investors-we-have-stopped-the-business | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स