कामको आधारमा ६ महानगरमध्ये विराटनगर ‘टप’, काठमाडौं सबैभन्दा पुछारमा

कामको आधारमा ६ महानगरमध्ये विराटनगर ‘टप’, काठमाडौं सबैभन्दा पुछारमा

काठमाडौं महानगरपालिका देशका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौंले १०० पूर्णाङ्कमा मात्र ४४.९७ अंक प्राप्त गरेको छ।

अन्य महानगरहरूको अवस्था हेर्दा विराटनगर ७८.११ अंकसहित पहिलो, ललितपुर ७६.३३ अंकसहित दोस्रो, भरतपुर ६८.०४ अंकसहित तेस्रो, पोखरा ५८.७६ अंकसहित चौथो, र वीरगञ्ज ५४ अंकसहित पाँचौं स्थानमा रहेको छ। आयोगले १७ वटा मुख्य सूचकको आधारमा मूल्यांकन गरेको हो, जसमा बजेट समयमै पेश र पारित गर्ने, आगामी वर्षको बजेट प्रक्षेपण र वार्षिक समीक्षा, घरजग्गा तथा मनोरञ्जन र विज्ञापन करको ४० प्रतिशत प्रदेश सरकारमा दाखिला, राजस्व संकलन, बजेट खर्च अवस्था, बेरुजु व्यवस्थापन, प्रविधिको प्रयोग, शिक्षा र स्वास्थ्यका सूचकहरू समावेश छन्।

काठमाडौंले राजस्व संकलन र प्रविधिको प्रयोगमा राम्रो प्रदर्शन गरे पनि बजेट समयमै पेश नगर्ने, वित्तीय अनुशासनको कमी, आवधिक योजना तयार नगर्ने र सामाजिक क्षेत्रका सूचकहरूमा कम अंक पाउने कारणले अन्य महानगरहरूको तुलनामा सबैभन्दा कमजोर देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स