राष्ट्र ऋण उठाउने विधेयक, २०८२ शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक प्रस्तुत गर्दै उत्पादन र विकासका लागि ऋण आवश्यक रहेको बताए। उनले साधारण खर्चका लागि नभई पुँजीगत खर्चका लागि मात्र ऋण लिनुपर्ने सुझावहरूलाई स्वीकार गरे।
छलफलका क्रममा सांसद डा. प्रकाशशरण महतले आन्तरिक ऋणको बढ्दो आकार र त्यसको उपयोग पुँजी निर्माणमा हुन नसक्नु गम्भीर समस्या भएको बताए। उनले बैंक तथा वित्तीय संस्थाबाट लिइने ऋणले दीर्घकालीन असर पार्न सक्ने भन्दै वैकल्पिक स्रोत खोज्न सुझाव दिए। सांसद हितराज पाण्डे र माधव सापकोटाले पनि ऋणलाई उत्पादनमुखी र पुँजी निर्माणमा केन्द्रित गर्नुपर्ने धारणा राखे। संशोधन प्रस्तावहरू भने बैठकले बहुमतले अस्वीकृत गर्यो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया