भृकुटी स्टक ब्रोकिङको लाइसेन्स निलम्बन, लगानीकर्तालाई दिनुपर्ने ५.११ अर्ब रुपैयाँ बाँकी

भृकुटी स्टक ब्रोकिङको लाइसेन्स निलम्बन, लगानीकर्तालाई दिनुपर्ने ५.११ अर्ब रुपैयाँ बाँकी

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. को सञ्चालन अनुमति तत्कालका लागि निलम्बन गरेको छ। बोर्डले चैत २३ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र रोक्का गरेको हो।

सेबोनका अनुसार कम्पनीले प्रचलित कानुनी व्यवस्था उल्लंघन गर्दै ग्राहकको रकम दुरुपयोग गरेको पाइएको छ। कम्पनीले नियमविपरीत एक ग्राहकको सेयर खरिद–बिक्री तथा धितो (कोल्याट्रल) वापतको रकम अर्को ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको देखिएको छ।

त्यसैगरी, तोकिएको प्रक्रिया नअपनाई खरिदकर्ताबाट रकम लिने र विक्रीकर्तालाई भुक्तानी दिने, साथै कम्तीमा २५ प्रतिशत अग्रिम रकम नलिई सेयर खरिद गर्न दिने जस्ता कमजोरी फेला परेका छन्।

सेबोनले सार्वजनिक गरेको विवरणअनुसार २०२६ मार्च २६ सम्ममा कम्पनीले लगानीकर्तालाई तिर्नुपर्ने दायित्व रकम रु ५ अर्ब ११ करोड ३ लाखभन्दा बढी पुगेको छ। उधारोमा सेयर किन्ने सुविधा दिएर रकम नतिरी नै हितग्राही खातामा सेयर जम्मा गरिदिने अभ्यासले बजार मूल्यमा असर पर्न सक्ने र पूँजी बजारमा नकारात्मक प्रभाव पर्ने जोखिम देखिएको बोर्डको भनाइ छ।

यस्ता गतिविधि जारी रहँदा लगानीकर्तालाई थप नोक्सानी हुन सक्ने देखिएकाले तत्काल निलम्बनको निर्णय गरिएको सेबोनले जनाएको छ।

भृकुटी स्टकले के गर्नुपर्छ?

निलम्बन अवधिभित्र कम्पनीलाई केही अनिवार्य सर्त पनि तोकिएको छः

लगानीकर्तालाई दिनुपर्ने सम्पूर्ण रकम कानुनअनुसार फछ्र्यौट गर्नुपर्नेछ।

कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्ताले चाहेमा अन्य ब्रोकरमार्फत कारोबार गर्न सहज व्यवस्था मिलाउनुपर्नेछ।

bhrikuti stock broker suspended notice 1775697668109 https://bajarkochirfar.com/bhrikuti-stock-brokings-license-suspended-rs-5-11-billion-owed-to-investors | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स