एमालेबाट निष्कासित भिम रावलले आफ्नो नयाँ पार्टी घोषणा गर्न पत्रकार सम्मेलन गर्दै, के राख्छन् पार्टीको नाम ?

एमालेबाट निष्कासित भिम रावलले आफ्नो नयाँ पार्टी घोषणा गर्न पत्रकार सम्मेलन गर्दै, के राख्छन् पार्टीको नाम ?
AdvertisementAds

नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले आउँदो बुधबार नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन्। यसका लागि उनले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

रावलको नयाँ पार्टीको नाम के हुने भन्ने आम चासोको विषय बनेको छ। रावलले भने पार्टीको नाममा “कम्युनिष्ट” शब्द नरहने स्पष्ट पारेका छन्।

सोमबार सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशीसँगको भेटमा रावलले भने, “पार्टीको नाम गैरकम्युनिष्ट हुनेछ। अब कम्युनिष्ट शब्द राखिँदैन।”

रावल निकट नेता कृष्णराज सुवेदीले पनि नयाँ पार्टीको नाम सबैलाई समेट्ने किसिमको हुने बताएका छन्। “अब कम्युनिष्ट शब्द मात्रै राखेर धेरै भयो। धेरै कम्युनिष्ट पार्टीहरू भए पनि के बदलियो र?” सुवेदीले भने।

रावलले गैरकम्युनिष्ट नेताहरूसँग पनि सहकार्य गर्न प्रस्ताव गरिरहेका छन्। उनले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँग भेटेर मिलेर जानका लागि आह्वान गरेका छन्।

AdvertisementAds

यस्तै, सोमबार बिहान रावलले सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग पनि भेट गरेका थिए। जोशी नेकपा (एकीकृत समाजवादी)का पूर्वकेन्द्रीय सदस्य हुन्, जो गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स