जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति ब्यहोरेको भाटभटेनी सुपरमार्केट पीडा पछाडि छाडेर नयाँ सुरुवात गर्ने भएको छ। भदौ २४ गतेको घटनाले कम्पनीका १२ स्टोर र मुख्य गोदाम पूर्ण रूपमा नष्ट भएका थिए, जसबाट करिब १२ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो। यति ठूलो धक्का पुगे पनि भाटभटेनीले पुनर्निर्माणलाई तीव्र गति दिएको छ।
बालुवाटार–ललिता निवास परिसरमा रहेको मुख्य गोदाम मंसिर १८ गतेदेखि पुनः सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। त्यस्तै, कोटेश्वर र महाराजगञ्जस्थित दुई प्रमुख स्टोर फागनुभित्र सञ्चालनमा ल्याउने उद्देश्यले काम भइरहेको छ । यता, १० महिनामा सबै शाखा खोल्ने लक्ष्य कम्पनीले लिएको छ।
देशभरका शाखामध्ये विर्तामोड, दमक, विराटनगर, धरान, हेटौंडा, पोखरा, भरतपुर, टंगाल, बौद्ध–चुच्चेपाटी लगायतका स्टोरमा समेत ठूलो क्षति पुगेको थियो। १२ स्टोर र मुख्य गोदाम पूर्णरूपमा बिग्रिए पनि बाँकी नौ स्टोरमा आंशिक क्षति मात्र भएको थियो।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया