नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओ बने भागनारायण साहु

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ५ गते
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओ बने भागनारायण साहु

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी प्रदान गरेको छ। संस्था सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा समाप्त भएको थियो।

सञ्चालक समितिले साहुको नेतृत्वमा संस्थाको कार्य सञ्चालन अझ गतिशील र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स