वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बाँकी रहेका २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गरेको छ। कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा आवेदन मागेको थियो। सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड गरिएको हो।
आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार लिलामीको अन्तिम (कट–अफ) मूल्य २८४.६० रुपैयाँ कायम भएको छ। उक्त मूल्यमा आवेदन दिनेहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भोलि, कात्तिक १२ गतेदेखि कनेक्ट आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया