बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थप

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थप
AdvertisementAds

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको १ः१ अनुपातको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३ गतेसम्मका लागि थपिएको छ। यस अन्तर्गत, कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर १ कित्ता नयाँ सेयर निष्काशन गर्दै ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्रीमा ल्याएको हो। बुकक्लोज मिति जेठ २२ गते तय गरिएकाले, जेठ २१ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले “CARENP BB Issuer Rating” प्रदान गरेको छ, जसले औषत वित्तीय जोखिम संकेत गर्दछ। बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत वा सि-आस्बा सेवा प्रदान गर्ने संस्थाबाट गर्न सकिनेछ।

निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ। उठेको रकममध्ये १.५८ करोड क्षतिग्रस्त हेवाखोला आयोजनाको पुननिर्माणमा र ५२ करोड जलशक्ति हाइड्रोमा लगानी गर्न प्रयोग हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स