राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र कानुनी अवस्था सिकाउन दुई दिने आवासीय अभिमुखीकरण आयोजना गरेको छ। कार्यक्रम मंगलबार (चैत ३) ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सुरु भएको थियो र बुधबार (चैत ४) समापन हुँदैछ।
हिजो उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर तालिमको शुभारम्भ गरेका थिए। प्रारम्भमा मंगलबार सहभागी नभएका पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित भई सम्बोधन गर्ने तय थियो।
तर रास्वपाका वरिष्ठ नेता बालेन शाह अस्वस्थता र आगामी दिनमा मानसिक तथा शारीरिक रूपमा सक्रिय हुनुपर्ने कारणले समापन कार्यक्रममा अनुपस्थित रहने भएका छन्। रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, सभापति लामिछानेले कार्यक्रममा पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता प्रस्तुत गर्ने र समापन मन्तव्य दिनेछन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया