चालु आर्थिक वर्षको १० महिनामा नेपालको शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब रुपैयाँ बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, शोधनान्तर बचत गत वर्षको सोही अवधिको तुलनामा करिब ४६ अर्बले वृद्धि भएको हो।
अमेरिकी डलरमा शोधनान्तर स्थिति ३ अर्ब २३ करोडको बचतमा पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ९५ करोडको बचतमा रहेको थियो।
यस अवधिमा चालु खातामा पनि उल्लेख्य सुधार देखिएको छ। चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ नाफामा रहेको जुन गत वर्षको सोही अवधिमा १ खर्ब ९३ अर्ब रुपैयाँ थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया