एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ। वैशाख २६ गते धितोपत्र बोर्डले कम्पनीलाई १:०.४२ अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो।

अब कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँबराबरका १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ भने हकप्रदपछि यो बढेर ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ। बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजी पूरा गर्न बाँकी रकम बोनस सेयरमार्फत पूर्ति गरिनेछ।

हकप्रद सेयर बिक्रीको व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गर्नेछ।

download 3 1 https://bajarkochirfar.com/asian-life-insurance-receives-approval-from-securities-and-exchange-board-of-nepal-to-issue-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स