असार मसान्त नजिकिँदै गर्दा सेयर बजारमा साइबर ठगीको जोखिम बढ्दै, “डिम्याट र मेरो सेयर नवीकरण गर्नुहोस्” भन्दै फिसिङ लिंक पठाउदै स्क्यामर

असार मसान्त नजिकिँदै गर्दा सेयर बजारमा साइबर ठगीको जोखिम बढ्दै, “डिम्याट र मेरो सेयर नवीकरण गर्नुहोस्” भन्दै फिसिङ लिंक पठाउदै स्क्यामर

आर्थिक वर्षको अन्त्य नजिकिएसँगै सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै साइबर ठगीका घटना बढ्न थालेका छन्। विशेषगरी डिम्याट खाता र मेरो सेयर सेवा नवीकरण गर्ने समय आएकोले ठगी गर्ने समूहहरू सक्रिय भएका हुन्।

ठगी गर्नेहरूले लगानीकर्तालाई “तपाईंको डिम्याट र मेरो सेयरको म्याद सकिँदैछ, तत्काल नवीकरण गर्नुहोस्” भन्दै एसएमएस मार्फत नक्कली नक्कली मेसेज पठाइरहेका छन्। यस्ता नक्कली मेसेजमा विभिन्न क्यापिटल कम्पनीहरूको नाम समेत दुरुपयोग गरिएको पाइएको छ।

सन्देशसँगै पठाइने लिङ्कमार्फत नवीकरण शुल्क तिर्न भनिन्छ, तर ती लिंकहरू प्रायः फिसिङ वेबसाइट हुने गर्छन्, जसको इन्टरफेस बैंकिङ प्रणाली जस्तै देखिन्छ। उक्त साइटमार्फत प्रयोगकर्ताको व्यक्तिगत विवरण, लगइन जानकारी तथा बैंकिङ विवरण चोरी हुने जोखिम रहन्छ।

Stay Updated With. 3 3 https://bajarkochirfar.com/as-mid-june-approaches-the-risk-of-cyber-fraud-in-the-stock-market-is-increasing-with-scammers-sending-phishing-links-saying-renew-demat-and-my-shares | %tags
यो पनि पढ्नुहोस

एसएमएसमा भुक्तानी लिङ्क पठाउँदै ज्योति क्यापिटल: बैंकिङ अभ्यासविपरीत काम गर्दा सेयर बजारमा ‘सिस्टेमेटिक’ साइबर ठगीको जोखिम

अषाढ मसान्तमा डिम्याट र मेरो सेयर नवीकरण गर्नुपर्ने कुरा लगानीकर्तालाई थाहा हुने भएकाले धेरैले यस्ता सन्देशलाई वास्तविक ठानेर लिङ्क खोल्न सक्छन्। जस्ले सेयर बजारमा साइबर ठगीको जोखिम बढाएको हो।

लगानीकर्ताले डिम्याट वा मेरो सेयर नवीकरण गर्दा सधैँ मेरो सेयरको आधिकारिक एप, मेरो सेयरको वेबसाइट, बंकिंग एप, आफूले खाता खोलेको क्यापिटल वा तोकिएको आधिकारिक माध्यमबाट मात्र सेवा लिनुपर्ने हुन्छ।

कुनै पनि अपरिचित इमेल, म्यासेज वा लिङ्कमा क्लिक गरेर बंकिंग विवरण भर्नु हुँदैन। साथै, कसैले फोन, म्यासेज वा इमेलमार्फत ओटीपी, पासवर्ड, बैंक विवरण वा अन्य संवेदनशील जानकारी मागेमा तत्काल सचेत हुन आवश्यक छ।

पोस्ट फेसबुकमा सेयर गर्न यहाँ CLICK गर्नुहोस।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स