पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर कसुरमा पक्राउ पुर्जी

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २८ गते
पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर कसुरमा पक्राउ पुर्जी
AdvertisementAds

पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरेको छ।

साइबर ब्युरो भोटाहिटीको मागअनुसार अदालतले मंगलबार उक्त आदेश दिएको हो। पाठकले आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको हिल्टन होटलमा लगानी रहेको भनी अपुष्ट समाचार प्रसारण गरेका थिए। यसै विषयमा उजुरी परेपछि ब्युरोले कानुनी प्रक्रिया अघि बढाएको हो।

शंकर ग्रुपले यसअघि वैशाख २१ मा विज्ञप्ति जारी गर्दै समाचारलाई भ्रामक भन्दै खण्डन गरेको थियो। युट्युब च्यानलसमेत दर्ता नभएको र विषय हाल अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स