पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर कसुरमा पक्राउ पुर्जी



Advertisement
Ads

पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरेको छ।

साइबर ब्युरो भोटाहिटीको मागअनुसार अदालतले मंगलबार उक्त आदेश दिएको हो। पाठकले आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको हिल्टन होटलमा लगानी रहेको भनी अपुष्ट समाचार प्रसारण गरेका थिए। यसै विषयमा उजुरी परेपछि ब्युरोले कानुनी प्रक्रिया अघि बढाएको हो।


Advertisement

शंकर ग्रुपले यसअघि वैशाख २१ मा विज्ञप्ति जारी गर्दै समाचारलाई भ्रामक भन्दै खण्डन गरेको थियो। युट्युब च्यानलसमेत दर्ता नभएको र विषय हाल अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर