तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?



तेह्रथुम पावर कम्पनी लिमिटेडले आज, असार १६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ को अनुपातमा, हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबर अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

यस हकप्रद सेयरमा आवेदन दिन साउन ४ गतेसम्मको समय दिइएको छ। कम्पनीले यसका लागि बुक क्लोज मिति जेठ ५ गते तोकेकोले, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्रै आवेदन दिन योग्य छन्।


Advertisement

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १९ गते हकप्रद सेयर निष्काशनको स्वीकृति दिएको हो। यस निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकको रूपमा रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर