तेह्रथुम पावर कम्पनी लिमिटेडले आज, असार १६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ को अनुपातमा, हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबर अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
यस हकप्रद सेयरमा आवेदन दिन साउन ४ गतेसम्मको समय दिइएको छ। कम्पनीले यसका लागि बुक क्लोज मिति जेठ ५ गते तोकेकोले, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्रै आवेदन दिन योग्य छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १९ गते हकप्रद सेयर निष्काशनको स्वीकृति दिएको हो। यस निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकको रूपमा रहेको छ।




















प्रतिकृया