राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार १) गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार जेठ ५ गतेसम्म कम्पनीको साधारण सेयर खरीद गरेका लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन्। हकप्रद शेयरमा आवेदन दिनको अन्तिम मिति असार २२ गतेसम्म तोकिएको छ।
यस हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौं र राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर काठमाडौंबाट आवेदन दिन सकिनेछ। साथै, मुक्तिनाथ विकास बैंकका शाखाहरू — विर्तामोड (झापा), विराटनगर (मोरङ), वीरगञ्ज (पर्सा), जनकपुर (धनुषा), नारायणगढ (चितवन), पोखरा (कास्की), बुटवल (रुपन्देही), नेपालगञ्ज (बाँके), वीरेन्द्रनगर (सुर्खेत), धनगढी (कैलाली) र महेन्द्रनगर (कञ्चनपुर) — बाट पनि आवेदन दिन सकिने व्यवस्था छ। त्यसबाहेक, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत समेत आवेदन दिन सकिनेछ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया