खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३ गते
खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

खानी खोला हाइड्रोपावरले आज (भदौ ३) गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले हालको ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ चुक्तापुँजीमा १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो।

यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।

शेयरधनीहरूले आवेदन दिन सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडा शाखामार्फत सुविधा पाउनेछन्। त्यस्तै, कुमारी बैंक ललितपुर र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सी–आस्वा प्रणाली तथा सीडीएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

यसअघि कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। त्यस दिनभन्दा अघिसम्मको कायम सेयरधनीले मात्र यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

आवेदन दिने अन्तिम मिति भदौ २३ गते बैंकिङ समयसम्म रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स