‘गरिमा सुवर्ण योजना’ मा आजदेखि आवेदन दिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
‘गरिमा सुवर्ण योजना’ मा आजदेखि आवेदन दिन सकिने
AdvertisementAds

गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’ का इकाइहरु आज फागुन २८ गतेदेखि निष्कासन खुला गरिएको छ।

यस योजनाअन्तर्गत पहिलो चरणमा कुल १० करोड इकाइ बिक्रीमा ल्याइएको हो। कुल इकाइमध्ये ६० लाख इकाइ बीज पुँजीबापत योजना व्यवस्थापक गरिमा क्यापिटललाई र ९० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको ‘मेरो सेयर’ मार्फत दिन सकिनेछ।

यस योजनाको इकाइ निष्काशन छिटोमा चैत २ गते र माग अनुसार पूर्ण आवेदन नपरेमा ढिलोमा चैत १२ गते बैंकिङ समयपछि बन्द हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स