किट विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत फेला



Advertisement
Ads

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा पुनः एक नेपाली छात्रा मृत फेला परेकी छन्।

वीरगञ्ज निवासी १८ वर्षीय प्रिसा साह किट विश्वविद्यालयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी बिहीबार साँझ विश्वविद्यालयको होस्टल कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनकाे शव हाल पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।


Advertisement

प्रिसा किट विश्वविद्यालयमै सञ्चालन भएको परीक्षा दिने क्रममा होस्टलमा बस्दै आएकी थिइन्। उनले बस्दै आएको होस्टल यसअघि नेपाली छात्रा प्रकृति लम्सालले पनि बस्दै आएको होस्टल हो। प्रकृति गत फागुन ४ गते होस्टलको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

छात्रा साहको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको त्यही विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीले जानकारी दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर