insta insta

एडीबीको ऋण नलिने घोषणा गर्दै धरानका मेयर साम्पाङले भने, “खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला”

एडीबीको ऋण नलिने घोषणा गर्दै धरानका मेयर साम्पाङले भने, “खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला”
Advertisement Ads

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धरानको खानेपानी आयोजनामा विनियोजन गरेको ४ करोड रुपैयाँप्रति असन्तुष्टि जनाएका छन्। उनले बाँकी रकम एशियाली विकास बैंक (एडीबी)बाट ऋणमार्फत ल्याउने योजना अस्वीकार गर्दै धरान उपमहानगरपालिका अब एडीबीको ऋण नलिने स्पष्ट पारेका छन्।

साम्पाङले अघिल्लोपटक लिएको एडीबीको ऋण अझै तिर्न बाँकी रहेको उल्लेख गर्दै अबको योजना आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकिने अवस्थामा मात्र अघि बढाउन सुझाव दिएका छन्। अन्यथा, “हामी आफैं खोला–खोल्सीको पानी जोडेर गुजारा गरौंला,” भन्दै विदेशी ऋणको भार थप्नु उचित नहुने चेतावनीसमेत दिएका छन्।

उनले मन्त्रालयलाई पटक–पटक धाएर धरानमा सप्तकोशीको पानी ल्याउने दीर्घकालीन योजना अघि बढाउन आग्रह गर्दै आएका थिए। तर सरकारले न्यून बजेट छुट्याएको र बाँकी रकम ऋणबाट ल्याउने भनिएकोप्रति उनले आपत्ति जनाएका हुन्।

harka sampang khanepani mantri https://bajarkochirfar.com/announcing-that-they-will-not-take-a-loan-from-adb-dharan-mayor-sampang-said-we-will-make-a-living-by-connecting-the-water-from-the-canals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स