जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातिदेखि मदिरा र नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म यी पदार्थहरूको विक्रीमा रोक लगाइएको जानकारी दिएका छन्।
मंसिर १६ गते कीर्तिपुरको मेयर पद र वडा नम्बर १ र ४ का वडाध्यक्ष, साथै काठमाडौं वडा नम्बर १६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछन्।
निर्वाचन क्षेत्रको ५०० मिटरभित्र पनि यी पदार्थहरू बेच्न निषेध गरिएको छ। आदेशको उल्लंघन गरेमा कारबाही गरिने चेतावनी दिइएको छ।


प्रतिकृया