insta insta

बोटलर्स नेपालको सीइओमा अजय कोनाले नियुक्त, को हुन् ?

बोटलर्स नेपालको सीइओमा अजय कोनाले नियुक्त, को हुन् ?
Advertisement Ads

कोकाकोला उत्पादक बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (तराई) को व्यवस्थापकीय नेतृत्व अब अजय चान्बासप्पा कोनालेले सम्हाल्ने भएका छन्। कम्पनीको सञ्चालक समितिले बुधबारको बैठकमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयबारे कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ।

यसअघि, २०७९ फागुनमा दीपक सेन्थिलनाथ गुणलानलाई सीईओको पदमा ल्याइएको थियो, तर हाल सञ्चालक समितिले उनलाई हटाएर कोनालेलाई नेतृत्वमा ल्याएको हो।

अजय चान्बासप्पा कोनाले महाराष्ट्र इन्स्टिट्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङमा स्नातक गरेका छन् भने पुणेको सिम्बायोसिस इन्टरनेशनल युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन्। सन् २००७ मा उनी कोकाकोला इन्डिया कम्पनीमा केल्भिन केयरबाट जोडिएका थिए। पोषण, बजार तथा ब्राण्ड निर्देशनमा अनुभवी कोनालेलाई कोकाकोला इन्डियामा बजार र ब्राण्ड व्यवस्थापनको विशेषज्ञ मानिन्छ।

download 2 https://bajarkochirfar.com/ajay-konale-appointed-as-ceo-of-bottlers-nepal-who-is-he | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स