SHAREHUB SHAREHUB

कृषि विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, किन देखियो अहिले सम्मकै सुधार ?

Advertisement Ads
कृषि विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, किन देखियो अहिले सम्मकै सुधार ?
Advertisement Ads

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४३.८८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा बढ्नुको मुख्य कारण इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोड रुपैयाँमा सीमित हुनु र सञ्चालन मुनाफा ४१.२७ प्रतिशतले वृद्धि हुनु हो।

चौथो त्रैमाससम्ममा कृषि विकास बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँमा आएको छ भने खुद सञ्चालन आम्दानी २१.७१ प्रतिशतले बढेर ११ अर्ब ८९ करोड पुगेको छ। यस्तै, सञ्चालन मुनाफा ४१.२७ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.६५ प्रतिशतविन्दुले घटेर ३.२६ प्रतिशतमा आएको छ। यस्तै इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट २ अर्ब ३४ करोडले घटेर १० करोड रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisement Ads

कृषि विकास बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता १८.५३ प्रतिशतमा पुगेको छ भने वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

चौथो त्रैमाससम्म बैंकको जगेडा कोषमा १६ अर्ब ९९ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७ पैसाले बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

Q4 Bank Nepali 1080 x 1350 px 10 https://bajarkochirfar.com/agricultural-development-banks-profit-increased-by-44-percent-why-has-the-improvement-been-seen-so-far | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स