SHAREHUBSHAREHUB

सिमेन्टको मूल्य घटाउने सहमति, अब काठमाडौंमा सिमेन्ट सस्तोमा पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २६ गते
AdvertisementAds
सिमेन्टको मूल्य घटाउने सहमति, अब काठमाडौंमा सिमेन्ट सस्तोमा पाइने
AdvertisementAds

सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन्।

बुधवार, निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघ बीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष सिंहले भने, “सिमेन्ट व्यवसायीहरूले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।”

उनका अनुसार, काठमाडौं उपत्यकामा अब पिसिसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुनेछ। अध्यक्ष सिंहले सिमेन्ट उद्योगीहरूले बजार भाउ नघटाउने र निर्माण व्यवसायीलाई नोक्सान नपर्ने गरी मूल्य समायोजन गर्ने सुझाव दिएको बताए।

सिंहले थपे, “आजको बैठकमा सिमेन्ट उत्पादकहरूले अत्यधिक मूल्य वृद्धि गरेको विषयमा छलफल भएको छ। काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने सहमति भएको छ। भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ भाडा लाग्दा सिमेन्टको मूल्य ५४० रुपैयाँ हुनेछ, जुन अहिले ६८० रुपैयाँ छ।”

AdvertisementAds

उनले भने, “सिमेन्ट उद्योगीहरू धराशायी हुने गरी बजार भाउ राख्नु हुँदैन। अहिले सिमेन्ट उद्योगीहरूले ७०० रुपैयाँमा ओपिसी र ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध गराउने सहमति गरेका छन्, जुन स्वागत योग्य छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स