गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक बोलाएक छन्। केही समयअघि समितिका सदस्यहरुलाई फोनमार्फत जानकारी दिँदै उनले बैठकका लागि मन्त्रालय बोलाएका हुन्।
सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य छन्। सम्भव भएसम्म आजै योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेललाई गभर्नर सिफारिस गर्ने र साँझभित्र मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बीच गभर्नर नियुक्ति विषयमा चर्को मतभेद देखिएको थियो। कांग्रेसले प्रस्ताव गरेका केही नामहरू अस्वीकार गरेपछि दुवैबीच सम्बन्ध चिसिएको थियो। सोमबार साँझ देउवालाई छलफलका लागि बोलाए पनि उनी बालुवाटार गएनन्।
तर, मंगलबार प्रधानमन्त्रीले संसदको कार्यक्रम स्थगित गर्दै देउवालाई बालुवाटार डाकेपछि दुवैबीच भेटघाट भएको हो। भेटमा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए।
आजै सिफारिस समिति बैठक बस्ने र मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्ति टुंगो लगाउने योजना रहेको स्रोतले जनाएको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया