SHAREHUB SHAREHUB

रवि लामिछानेको हिरासतको फोटो आफुले खिचेको स्वीकार गर्दै डा. निकोलस भुसालले माफी मागे

Advertisement Ads
रवि लामिछानेको हिरासतको फोटो आफुले खिचेको स्वीकार गर्दै डा. निकोलस भुसालले माफी मागे
Advertisement Ads

कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। उक्त तस्बिर आफुले खिचेको दाबी गर्दै रविका समर्थक डा. निकोलस भुसालले गल्ती स्वीकार गरेका छन् र माफी पनि मागेका छन्।

डा. भुसालले आफ्नो सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, “फोटो रियल हो, मैले नै खिचेको हो। गल्ती भयो, माफी चाहन्छु। म कसैलाई दोष लगाउन वा खराब नियतले फोटो खिचेको होइन। भ्रममा नपर्न आग्रह गर्दछु। म स्वास्थ्य अवस्था बुझ्न र हौसला दिनका लागि मात्र गएको थिएँ।”

फोटो कसरी भाइरल भयो?

भुसालले उक्त फोटो दुई दिनअघि फेसबुकमा पोस्ट गरेर डिलिट गरेका थिए। तर बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सोही फोटो पुनः फेसबुकमा सेयर गरेपछि तस्बिर भाइरल भयो।

समर्थकहरूले प्रहरीलाई हिरासतको फोटो सार्वजनिक गरेको आरोप लगाइरहेका बेला, भुसालले भने यो आरोप अस्वीकार गर्दै तस्बिर प्रहरीबाट नभइ आफूबाट बाहिर आएको स्पष्ट पारेका छन्।

Advertisement Ads

उनले भिडियोमा भनेका छन्, “यो तस्बिर प्रहरीबाट सार्वजनिक भएको होइन। गल्ती मेरो हो। नेपाल प्रहरी र सरकारसँग माफी माग्न चाहन्छु।”

“गृहमन्त्री भइसकेको व्यक्ति अहिले यस्तो अवस्थामा छन् भन्ने यथार्थ बाहिर ल्याउन मात्र फोटो खिचेको हुँ,” भुसाल भन्छन्।

कास्की प्रहरीले फोटो कसरी सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

यो प्रकरणले सामाजिक सञ्जालमा तर्क-वितर्कको लहर ल्याएको छ। समर्थकहरूले रविको पक्षमा बोलिरहेका छन् भने विपक्षीहरूले आलोचना गरिरहेका छन्। तस्बिरले उत्पन्न गरेको विवादले प्रहरीको सुरक्षात्मक उपायमाथि पनि प्रश्न उठाएको छ।

download 1 1 https://bajarkochirfar.com/admitting-that-he-took-the-photo-of-ravi-lamichhanes-detention-nicholas-bhusal-apologized | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स