गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश चन्द्र अधिकारीको नियुक्ति खारेज गरिएको छ। चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो।
गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई पुस १८ गतेदेखि लागू हुनेगरि चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
तर, समितिबाट सर्वसम्मत निर्णय नभएको भन्दै उनले पद स्वीकार गर्न असमर्थता जनाएका थिए । अधिकारीले कार्य गर्न असमर्थता जनाएपछि कम्पनीले उनको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो। कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै उक्त नियुक्ति सर्वसम्मत नभएको स्पष्ट पारेको छ।
















प्रतिकृया