अभियान लघुवित्तले असार ३० गतेलाई बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

अभियान लघुवित्तले असार ३० गतेलाई बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?
AdvertisementAds

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ। उक्त सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाएको छ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सानसम्बन्धी विवरणमाथि छलफल गरिनेछ भने आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

यस्तै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी प्रक्रिया अघि बढाउन तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ।

सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स