अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जसको केन्द्रविन्दु उत्तरी क्यालिफोर्नियाको फर्नडेल र केप मेन्डिसिनो आसपास थियो।
भूकम्पका कारण दश हजारभन्दा धेरै मानिस बिजुलीविहीन भएका छन् भने केही घरमा सामान्य क्षति पुगेको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइए पनि पछि रद्द गरिएको छ। भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भने नभएको बीबीसीले जनाएको छ ।
प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पठाइएको राज्य सिनेटर माइक म्याकगायरले जानकारी दिएका छन्। भूगर्भविद्हरुका अनुसार ७ म्याग्निच्युडका भूकम्प यस क्षेत्रमा सामान्यतया कमै देखिन्छन्।
(एजेन्सीहरुको सहयोगमा)


















प्रतिकृया