आज अर्थ, शिक्षा, महिला र लेखा समितिको बैठक बस्दै, राष्ट्र बैंक ऐन संशोधनदेखि साइबर सुरक्षासम्म छलफल हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १८ गते
आज अर्थ, शिक्षा, महिला र लेखा समितिको बैठक बस्दै, राष्ट्र बैंक ऐन संशोधनदेखि साइबर सुरक्षासम्म छलफल हुने
AdvertisementAds

संघीय संसदअन्तर्गत आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा लेखा समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार सबै बैठक सिंहदरबारमा हुनेछन्।

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुने सचिवालयले जनाएको छ।

त्यसपछि दिउँसो २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स