प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीच तीव्र भनाभन भयो। नेकपा (माओवादी केन्द्र)का सांसद मोदीले लेखा समितिको नेतृत्व प्रतिपक्षमा हुनुपर्ने विषय उठाउँदै बोल्न थालेपछि सभापति पोखरेलले उनलाई भ्युज र युट्युब भिडिओको लागि बोलेको आरोप लगाए।
मोदीले भने उक्त कुरा माओवादी पार्टीको अधिकारसम्बन्धी भएको बताउँदै, आफ्नो अभिव्यक्तिमा रोक लगाउन खोजिएको आरोप लगाए। उनले सभापतिमाथि प्रश्न उठाउँदै बारम्बार कुरा राख्दै आएको जनाए। पोखरेलले भने मोदीले केही समाचार बनाउन खोजेको र युट्युबका लागि बोलिरहेको जिकिर गर्दै, २/४ जना खिच्ने मान्छे लिएर आएको टिप्पणी गरे।
भनाभनको क्रममा दुबै जनाले एकअर्कालाई व्यक्तिगत रूपमा आरोप–प्रत्यारोप गर्दै वातावरण तनावपूर्ण बनाएका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया