सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजना एक महिनापछि पुनः सञ्चालनमा आएको छ।
आयोजना सञ्चालन रोकिएको करिब एक महिनापछि भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत नि:शुल्क सेयर हस्तान्तरणसम्बन्धी सम्झौता भएपछि पुनः काम अघि बढेको हो।
स्थानीयको ‘भोटेकोशी जेनजी ग्रुप’ नामक समूहले १० प्रतिशत नि:शुल्क सेयरको माग गर्दै आयोजनाको काम भदौ २३ देखि बन्द गराएका थिए।
यसअघि नै राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति गरेको थियो। तर आन्दोलनपछि थप ४ प्रतिशत सेयर प्रदान गरी जम्मा १० प्रतिशत नि:शुल्क सेयर दिने सहमति भएको हो।
सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन्।




प्रतिकृया