जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको बीचमा पर्ने भेरी नदीमा २७० मेगावाट क्षमताको अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजनाको निर्माण कार्य चिनियाँ गेजुवा कम्पनीले गर्नेछ, जसअन्तर्गत दुवै पालिकाका विभिन्न वडामा परियोजना विस्तार गरिनेछ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि वन तथा वातावरण मन्त्रालयमा छलफल सम्पन्न भएको छ। छलफलमा आयोजना स्थानीय जैविक विविधता, वातावरण र आदिवासी समुदायको जीविकामा न्यूनतम असर पर्ने गरी अघि बढाउनुपर्ने सुझाव दिइएको छ।
प्रतिवेदन अनुसार आयोजना निर्माणका लागि २४.७५ हेक्टर जमिन प्रयोग हुनेछ र १५२ वटा रुख कटानी गर्नुपर्नेछ। आयोजना अन्तर्गत ३८ मिटर अग्लो बाँध, ७ किलोमिटर लामो सुरुङ मार्ग र आयोजनास्थलसम्म पुग्न ११ किलोमिटर लामो सहायक सडक निर्माण गरिनेछ।
पावरहाउस रुकुम पश्चिमको ज्यामिरे क्षेत्रमा निर्माण गरिनेछ भने नदीमा तीनवटा बेलिब्रिज पनि निर्माण गर्नुपर्नेछ। करिब ४६ अर्ब रुपैयाँ लागतमा पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया