स्टार्टअप लोनका लागि ६ सय ६१ परियोजना छनोटमा पर्यो



Advertisement
Ads

स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत पहिलोपटक ६६१ परियोजना छनोट भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्ने लक्ष्यसहित यी परियोजना छनोट गरेको हो।

छनोट गरिएका परियोजनाहरूमध्ये प्रत्येक उद्यमीले पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउन सक्ने छन्। तर, कर्जा प्रवाह हुनु अघि परियोजना योग्य छन् वा छैनन् भन्ने मूल्यांकन सम्बन्धित बैंकले निरीक्षणपछि गर्नेछ। कर्जा उपलब्ध गराउनु अघि कुल रकमको २५ प्रतिशत ‘निक्षेप तथा कर्जा सुरक्षा कोष’मा जम्मा गर्नु पर्नेछ, जुन स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ।


Advertisement

यस वर्षको स्टार्टअप कर्जाका लागि देशभरबाट ५ हजार १५८ उद्यमीले अनलाइन र भौतिक रूपमा आवेदन दिएका थिए। तीमध्ये १ हजार ३१४ परियोजनाले प्रस्तुतीकरण गरेका थिए, जसबाट अन्ततः ६६१ परियोजना छनोट भएका हुन्।

कर्जा प्राप्त गर्न चाहने उद्यमीले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवश्यक कागजात—व्यवसाय दर्ता वा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, उद्यमीको नागरिकता लगायत—सहित तोकिएको बैंकमा उपस्थित हुनुपर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै, सरकारको उद्यमशीलता प्रवर्द्धन गर्ने नीति अनुरूप स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न यो कार्यक्रमले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ भदौ ११ गते दोस्रो चरणको कर्जा आवेदनका लागि प्रस्ताव आह्वान गरेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर